पोखराबाट केन्पो खुकुरी नेसनल च्याम्पिनसिप घोषणा गरिएको छ ।

शनिबार पत्रकार सम्मलेन गरी प्रतियोगिता घोषणा गरिएको हो । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ ।

यसअघि जेठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको भए पनि कोरोना महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ केन्दीय समिति अध्यक्ष पूर्ण पाण्डेले जानकारी दिए ।

उनले आगामी भदौ १ गतेदेखि केन्पो खुकुरीको प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिने बताए ।

प्रतियोगितामा ७ वटै प्रदेशबाट खेलाडी छनोट गरिने उनले बताए । ‘जिल्लास्तरको प्रतियोगिता अहिले भइरहेको छ । सो प्रतियोगिता सकिएपश्चात् प्रदेशस्तरीय प्रतियोगिता गर्छौं । ७ वटै प्रदेशबाट छानिएका खेलाडीहरुले नेसनल च्याम्पिनसिपका लागि भिड्नेछन्’, उनले भने ।

अन्तिम पटक अध्यावधिक गरिएको 200 Viewed

प्रतिक्रिया दिनुहोस्