देशभर २,७१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

बिहीवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १२,८२९ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,७०७ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख २७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,६६१ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,२८८ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २७,३०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २४,६१६ जना घरमा तथा २,७५९ जना संस्थागत आइसोलेशनमा छन् ।

सङ्क्रमितमध्ये अहिले ६३५ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७२ जना भेन्टिलेटरमा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 221 Viewed

प्रतिक्रिया दिनुहोस्