पछिल्लाे २४ घण्टामा थप २,९३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

शुक्रवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १४,१८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,५६९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,५०६ पुगेको छ।

चौबीस घण्टाको अवधिमा १,७७५ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २६,८२७ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। तीमध्ये २४,२७४ जना घरमा तथा २,५५३ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ५७८ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७४ जना भेन्टिलेटरमा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 210 Viewed

प्रतिक्रिया दिनुहोस्