देशभर थप १,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ। 

पछिल्लो २४ घण्टामा ९,२१८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ३,६८३ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको झण्डै १९.८६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।

सो अवधिमा १,५३३ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,३८२ पुगेको छ।

अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ५,०३२ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल भन्छन्, “अझै पाँच जनाको परीक्षण हुँदा १ जनामा सङ्क्रमण देखिएको छ…जोखिम कायमै छ।”

अहिले कुल २६,१७३ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,७०२ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

अहिले देशभरिका नौ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने २५ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५९३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 379 Viewed

प्रतिक्रिया दिनुहोस्