पछिल्लाे २४ घण्टामा थप १ हजार ६ सय ३ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा कोभिडका कारण ज्यान गुमाउनेको सङ्ख्या २७ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टिजन गरी कुल ८ हजार १ सय ३२ जनाको परीक्षण गरिँदा १ हजार ६ सय ३ जनामा सङ्क्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

गएको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८ सय ७६ र एन्टिजन विधिबाट ३ हजार २ सय ५६ परिक्षण भएको थियो।

पीसीआरबाट १ हजार ४२ जना र एन्टिजनबाट ५ सय ६१ जनामा सङ्क्रमण देखिएको हो।

पीसीआर परीक्षण गरिएकामध्ये देशभरि गरेर २१.४ प्रतिशतमा सङ्क्रमण देखिएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 222 Viewed

प्रतिक्रिया दिनुहोस्