पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।