आमा तिमी सत्य हौं

 तर तिम्रो अनुहार

सत्य होइन

तिमी भनौली

म किन ढाट्थे र भनेर 

तर आमा,

तिम्ले ढाटेको

म बल्ल आज,

थाहा पाउदै छु 

तिम्रा अनुहारका ति रेखा गनेर 

प्रेम, दया,करुणा र त्यागले मात्र

छेडिएका छैनन्

आमा, 

तिम्रा ती अनुहारका खोपहरु

नियतिका खेलले पनि गहिरिएका छन 

इन्द्रेणी सरि अनुहारका ती डोबहरु !!

पानीको थोपा माथी सुर्यको किरण परी 

बनेको त्यो सात रङ्ग सरि

हास्ने कोसिस गरी रहेउ

दुखमा पनि मुस्कान छरी

आमा तिमी, 

साच्चै खप्पिस छौ

कहिले भोकै पनि

अघाको नाटक गरेउ 

त कहिले आशुमा पनि

देखावटी मुस्कान छरेउ

आज म सक्दिन

तिम्रो अनुहार हेर्न

बरु आज कै दिन 

प्रण गर्छु 

आमा,

तिम्रो मनलाई बुझ्न 

तिम्रो अनुहारको मुकुट फेर्न

त्यस दिन,

तिमिले पनि ढाट्न पर्ने छैन 

बाहिर हास्ने अनि भित्र पीडा लुकाएर 

बाच्न पर्ने छैन

अनि बल्ल आमा 

म पनि हास्न सक्छु

कसिएको गाठो फुकाएर 

के तिमी आज भन्न सक्छेउ

तेरो लागि म,

रुदै रोइन 

त्यसैले त म आज, भन्दैछु

हो, आमा तिमी सत्य हौ

तर तिम्रो अनुहार सत्य होइन

अन्तिम पटक अध्यावधिक गरिएको 486 Viewed

प्रतिक्रिया दिनुहोस्