पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना संक्रमणबाट थप १३९ जनाकाे मृत्यु भएकाे छ । यस्तै ९ हजार १ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दिनानुदिन कोरोना संक्रमितको हुने र मृत्यु हुनेकाे संख्या बढ्दो क्रममा रहेका छ ।

आज थपिएका ९ हजार १ सय २७ जनासँगै हाल कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या  ४ हजार ७ भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने ३ लाख ६ हजार ७ सय ९४ जना पुगेको मन्त्रालयले जनाएकाे छ।

अन्तिम पटक अध्यावधिक गरिएको 432 Viewed

प्रतिक्रिया दिनुहोस्