नेपालमा पछिल्लाे २४ घण्टामा ९ हजार १ सय ९६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन ।

यो अहिलेसम्म पुष्टि भएको दैनिक सबैभन्दा ठुलाे सङ्ख्या हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा थप ५० जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको छ। हालसम्म कुल ३,५७९ जनाको मृत्यु भइसकेको छ।

यो अवधिमा २,९०५ जना सङ्क्रमणमुक्त भएका छन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।

सरकारको तथ्याङ्कअनुसार शुक्रवार अपराह्णसम्म देशभरि ७८,६२९ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तीमध्ये ५,८६० जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

अस्पतालमा रहेकामध्ये ७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

कुल २०,४८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

अन्तिम पटक अध्यावधिक गरिएको 564 Viewed

प्रतिक्रिया दिनुहोस्