बलेवा एकता बचत तथा ॠण सहकारी बलेवा, बागलुङले आफ्ना महिला शेयर सदस्यलाई अचार बनाउने तालिम आयोजना गरेको छ । मंगलबार सुरु भएको तालिम १ हप्ता चल्नेछ ।

बागलुङ १४ नारायणस्थानका महिललाई ब्यवसायिक तथा आत्मनिर्भर बनाउनका निम्ति तालिम आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले बताए । महिला शेयर सदस्यको फुर्सदको समय सदुपयोग गर्न सिकाउन र आर्थिक उपार्जनका लागि तालिम सहयोगी हुने सहकारीका सल्लाहकार ढुण्डीराज शर्मा बताए ।

तालिम महिलाका लागि निकै उपयोगी सिद्ध हुने प्रशिक्षक ज्योत्सना शाक्यले उल्लेख गरिन् । उनले तालिमका सीप व्यवहारमा उतार्न पनि अनुरोध गरिन् ।

सहकारीका अध्यक्ष ईन्द«प्रसाद शर्मा तालिमा सक्रिय सहभागी भएर सीप आर्जन गर्न आग्रह गरे ।

कार्यक्रममा सञ्चालक लक्ष्मी नारायण शर्मा, प्रबन्धक भरत पौडेल लगायतले बोलेका थिए । शेयर पुंजी १ करोड ६७ लाख ५७ हजार ९ सय ५५ गरेको यो सहकारीमा शेयर सदस्य १ हजार ४ सय १३ जना छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 721 Viewed

प्रतिक्रिया दिनुहोस्